दलित समुदायलाई सहानुभूति होइन, समाजिक न्याय र समान अधिकार चाहिन्छ । हामी राज्यका बराबरी नागरिक हौं । हाम्रो अधिकार कुनै दान वा कृपा होइन, संवैधानिक हक हो ।
भर्खरै सम्पन्न निर्वाचनमा मधेशी दलित समुदायलाई कुनै पनि दलले प्राथमिकतामा राखेनन्, तिनले एक–दुई नाम समावेश गरी औपचारिकता पूरा गरे । र, रास्वपाका खगेन्द्र सुनार प्रत्यक्षबाट एक मात्रै निर्वाचित दलित सांसद भए ।
वैकल्पिक राजनीति भन्नाले केवल पुराना दल र नेतृत्वहरूको आलोचना गर्नु मात्र होइन । विकल्प भनेको फरक विचार, दर्शन र दृष्टि, फरक कार्यशैली र फरक परिणाम दिन सक्ने राजनीतिक ल्याकत प्रदर्शन गर्नु हो ।
कुनै पनि संविधानमा विद्रोहको कल्पना हुँदैन । तर संविधानले नागरिक सर्वोच्चतालाई मान्यता दिएको हुन्छ। नागरिकमा सार्वभौमसत्ता हुन्छ भन्ने धारणाअनुसार नै जनविद्रोह वैध हुन्छ ।
निहित मनोकांक्षासहित माओवादी आन्दोलनमा लागेकाहरूको जीवन आन्दोलनको समय र अहिले पनि ऐश्वर्यमय छ तर परिवर्तनको भावनाले निःस्वार्थ आन्दोलनमा होमिएकाहरूको जीवन उतिखेर र अहिले पनि उस्तै कष्टकर छ
सीमान्तकृत समुदायलाई पशुभन्दा पनि तल्लो दर्जाका रूपमा व्यवहार गर्ने सनातनी (चलिआएको) कुरीति, परम्परा र रिवाज नै राजा चाहने पञ्चका लागि स्वर्ग हो, रामराज्य हो, जहाँ भुइँमान्छेको कुनै हैसियत हुँदैन
नेपालका धनी, पुँजीपति तथा केही व्यवसायीहरूले राजनीतिको आडमा राज्य व्यवस्थाको हुर्मत लिइरहेका छन् । उनीहरू राजनीति र राज्यसत्ताबिना बाँच्नै नसक्ने प्राणी जस्तो भएका छन् ।