निर्मलादेवी लामिछाने (वस्ती)

नेपालमा लैङ्गिक मूलप्रवाहीकरण

सार्थक विकास र लैङ्गिकता परिपूरक हुन् । विकास सापेक्षिक तर बहुआयामिक विषय हो । आर्थिक रूपले सम्पन्न, सामाजिक रूपले गतिशील, मानवीय रूपले सक्षम, मनोवैज्ञानिक दृष्टिकोणले सकारात्मक र दृढ अनि आत्मविश्वासी एवं राजनीतिक दृष्टिकोणले सचेतना भएको अवस्था नै समग्रमा विकास हो । विकासलाई सर्वस्वीकार्य, दिगो, सारप्रभावी, न्यायोचित र सन्तुलित बनाउन लैङ्गिक मूलप्रवाहीकरण आवश्यक हुन्छ ।

नागरिक सन्तुष्टिका आधार

नागरिक सन्तुष्ट शासन नै सुशासन हो । सुशासन आम नागरिक अपेक्षा हो । शब्दमा मिठासजस्तै व्यवहारमा राम राज्यको अपेक्षा सुशासनको अभीष्ट हो । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्जनः’ नै सुशासनको आशय हो । नागरिक केन्द्रित सरकार, न्यायिक र सार्वजनिक सुरक्षा, सामाजिक कल्याण र विकास, सार्वजनिक पूर्वाधार, मानव अधिकार, शान्ति, स्वतन्त्र प्रेस, सार्वजनिक जवाफदेहिता, उद्योग र व्यापार एवं समावेशीपन नागरिक सन्तुष्ट शासनका अवयव हुन् । विश्व परिवेश, हरेक देश र निकाय सुशासनको लागि तड्पिएको पाइन्छ ।

सुशासनका सर्त

शक्तिको प्रयास र अभ्यास नागरिकमैत्री हुनु तथा उच्चतम सन्तुष्टिसहितको शासन व्यवस्था नै सुशासनको मूल मर्म हो । संविधान, योजना, नीति र नागरिकको अपेक्षा असल शासन हो ।

निर्मलादेवी लामिछाने (वस्ती)का लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।