२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

महामन्त्रीमा सिंह र कोषाध्यक्षमा यादव निर्वाचित

काठमाडौ — आगामी चार वर्षका लागि कांग्रेस महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा चित्रलेखा यादव निर्वाचित भएका छन् ।
सिंहले विमलेन्द्र निधि र नरहरि आचार्यलाई हराए भने यादवले पद्मनारायण चौधरीले हराइन् ।

आगामी चार वर्षका लागि कांग्रेस महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा चित्रलेखा यादव निर्वाचित भएका छन् ।
बुधबार भएको मतगणनामा संस्थापनका सिंहले देउवा प्यानलका विमलेन्द्र निधि र तेश्रो धारका नरहरि आचार्यलाई हराए । सिंहले १६५६, निधिले १२२६ र आचार्यले १५२ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।
कोषाध्यक्षमा देउवा प्यानलकी चित्रलेखा यादवले १५५९ मत ल्याएर निर्वाचित भइन् । प्रतिद्वन्द्वी संस्थापनका पद्मनारायण चौधरीले १४२० मत पाए । यादव र चौधरी दुवै सिरहाका हुन् । निर्वाचनमा कुल ३ हजार ५७ मत खसेको थियो भने १७ मत बदर भएको छ ।
नवनिर्वाचित महामन्त्री सिंह स्व. गणेशमान सिंहका सुपुत्र हुन् । विद्यार्थी राजनीतिबाट प्रवेश गरेका सिंह कांग्रेस टुक्रँदा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका उपसभापति भइसकेका छन् । तर पार्टी एकीकरणपछि सिंह संस्थापन पक्षमा छन् ।
पटक-पटक गरी चार पटक मन्त्री भइसकेका सिंह संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् ।
कोषाध्यक्षमा निर्वाचित चित्रलेखा यादव उपसभामुख भइसकेकी छन् । तत्कालिन सभामुख तारानाथ रानाभाटले राजाको प्रत्यक्ष शासनलाई सहयोग गरेपछि यादवले पुनःस्थापित प्रतिनिधिसभा सञ्चालन गरेकी थिइन् ।
मंगलबार भएको निर्वाचनमा यसअघि नै सभापतिमा सुशील कोइराला निर्वाचित भइसकेका छन् । यसैगरी महिला, आदिवासी, जनजाति, मधेसीलगायत आरक्षित कोटाको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । आरक्षितको मतगणना सकिएपछिमात्र खुलाको मतगणना सुरु हुने छ ।








प्रकाशित : आश्विन ७, २०६७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?