३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सुशील सभापतिमा विजयी

काठमाडौं — कांग्रेस सभापतिमा कार्यवाहक सभापति सुशील कोइराला विजयी भएका छन् । १२ औं महाधिवेशनमा बरिष्ठ नेता शेरबहादुर देउवालाई हराउँदै कोइरालाले कांग्रेसको नेतृत्व गर्ने अवसर पाएका छन् ।

कांग्रेस सभापतिमा आगामी चार बर्षका लागि कार्यवाहक सभापति सुशील कोइराला विजयी भएका छन् । १२ औं महाधिवेशनमा बरिष्ठ नेता शेरबहादुर देउवालाई हराउँदै कोइरालाले कांग्रेसको नेतृत्व गर्ने अवसर पाएका छन् ।

सुशीलको विजयले कोइराला परिवारबाट कांग्रेस नेतृत्व उम्कन सकेन । बुधबार बिहान सकिएको मतगणना अनुसार कोइरालाले १६५२ र देउवाले १३१७ मत पाए । तेश्रो धारको नेतृत्व गरेका भीमबहादुर तामाङले मात्र ७८ मत पाए । कोइरालाले कांग्रेस विधानअनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकाले उनी विजयी भएका हुन् ।

त्यागी नेताकारुपमा चिनिएका कोइराला लामो समय कांग्रेस पदाधिकारीमा रहेर काम गर्दै आएका थिए । निवर्तमान सभापति स्वः गिरिजाप्रसाद कोइराला अस्वस्थ्य भएपछि सुशीलले पार्टी कार्यवाहक भएर पार्टी नेतृत्व गरेका थिए ।

४० वर्षदेखि कांग्रेसी राजनीतिमा सक्रिय ७१ वर्षिय अविवाहित कोइराला ३८ सालदेखि केन्द्रीय समितिमा थिए । बाह्रौं महाधिवेशनमा संस्थापन पक्षको नेतृत्व गरेका कोइराला र देउवाको छुट्टाछुट्टै प्यानल बनेको थियो ।

कोइरालाबाट महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्मनारायण चौधरी तथा देउवा प्यानलबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव मैदानमा छन् । महामन्त्री, कोषाध्यक्षसहित ६१ सदस्यीय केन्द्रीय सदस्यको मतगणना बुधबारदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा ३ हजार ८८ महाधिवेशन प्रतिनिधिमध्ये ३ हजार ३७ जनाले मतदान गरेका थिए । साँझ पौने ६ बजे मतदान सकिए पनि मतगणना निर्धारित समयभन्दा पौने चार घण्टा ढिलो सुरु भएको थियो ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राति ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि पौने १२ बजेमात्र मतगणना सुरु भयो । तर मतगणना सुरु हुने बेलामा प्रक्रियाबारे विवाद भएपछि मतगणना ढिलो सुरु भएको हो ।

मतगणना लाइभ अपडेट




प्रकाशित : आश्विन ६, २०६७ ००:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?