कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाल-श्रीलंका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक : कोलम्बो-लुम्बिनी उडानबारे छलफल

काठमाडौँ — नेपाल श्रीलंका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक चलिरहेको छ । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाली समकक्षी अली साब्रीको सहअध्यक्षतामा भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त बैठकमा काठमाडौं–कोलम्बो सिधा हवाई सेवा बढाउने, क्षेत्रीय सहकार्य, संस्कृति, पर्यटनलगायत विषयहरूमा छलफल हुनेछ ।

नेपाल-श्रीलंका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक : कोलम्बो-लुम्बिनी उडानबारे छलफल

आयोगको बैठक जारी हुनुअघि दुवै परराष्ट्रमन्त्रीहरूबीच ‘वान टु वान’ भेटवार्ता भएको थियो । बैठकमा कोलम्बो-लुम्बिनी सिधा हवाई सेवा बारेमा छलफल गर्ने पनि उल्लेख छ । बैठक अहिले जारी छ । साथै, नेपालले श्रीलंकामा थुनामा रहेका तीन नेपालीहरूलाई छुटाउनका लागि पनि कुरा राख्नेछ ।

दुवै मुलुकले जलवायु परिवर्तनको क्षेत्रमा आफ्ना अनुभव आदान–प्रदान गर्नेछन् । परराष्ट्र मन्त्रालयको अनुसार बिहीबारै दुई मुलुकबीच विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख छ ।

प्रकाशित : पुस ५, २०८० १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×