कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रुसी सेनामा नेपाली समावेश भएको विषयमा रिपोर्ट बुझाउन मस्कोस्थित दूतावासलाई निर्देशन दिएका छौं : परराष्ट्रमन्त्री

काठमाडौँ — रुस-युक्रेन युद्धमा रुसी सेनामा नेपाली युवा सहभागी भएको विषयमा प्रतिवेदन तयार पार्न भनेर मस्कोस्थित नेपाली दूतावासलाई निर्देशन भइसकेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । अहिले नै यति संख्यामा रुसी सेनामा नेपाली सहभागी छन् भन्ने एकिन नभएको र कसरी संलग्न छन् भन्ने कुरा नआएकाले थप बोल्न नसकिने उनको भनाइ थियो ।

रुसी सेनामा नेपाली समावेश भएको विषयमा रिपोर्ट बुझाउन मस्कोस्थित दूतावासलाई निर्देशन दिएका छौं : परराष्ट्रमन्त्री

प्रतिनिधसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा सांसदले गरेका प्रश्नको जवाफमा मन्त्री साउदले उक्त जवाफ दिएका हुन् ।

सांसद प्रेम सुवालले विदेशी सेनामा नेपाली युवा सहभागी भएको, निजी सेनामा गइरहेको र रुसी सेनामा सहभागी भएर युक्रेन युद्धमा संलग्न भएको कुरा आएकाले तथ्यांक माग गरेका थिए । 'विदेशमा निजी सेनामा नेपाली युवा गइरहेको भन्ने कुरा छ । कुन-कुन देशमा निजी सेनामा गइरहेका छन् भन्ने तथ्यांक उपलब्ध गराउनुपर्ने उपयुक्त होला,' उनले भने ।

जवाफमा परराष्ट्रमन्त्री साउदले भने, 'रसियन सेनामा नेपाली भर्ना भएको भन्ने कुराको बारेमा रुस मस्कोस्थित नेपाली दूतावासलाई रिपोर्ट गर्न भनेर निर्देशन दिएका छौं । वास्तविक रूमाप यो व्यक्ति, यसरी सेनामा गएको छ भन्ने एकिन कुरा आएको छैन । यसमा अध्ययनका चरणमा छौं ।'

वैदेशिक रोजगारी र अन्य विभिन्न उद्देश्यका साथ रुस पुगेका नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको र युक्रेन युद्धमा संलग्न भएको समाचार सार्वजनिक भएका थिए । ती समाचारलाई लिएर मन्त्रीलाई प्रश्न गरिएको हो । रुसको निजी सेनामा नेपाली युवा भर्ना भएका भन्ने समाचार सार्वजनिक भएका थिए ।

त्यस्तै, परराष्ट्रमन्त्री साउदले एमसीसी कार्यान्वयनमा जान लागेको समितिलाई जानकारी गराएका छन् ।

सांसदहरूले चीन सरकारको बीआरआई योजना कसरी अगाडि बढिरहेको छ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले नेपालमा बीआरआई अन्तर्गत कुनै पनि योजना कार्यान्वयनमा नगएको बताए । 'बीआरआईको बारेमा पनि कुरा उठेको छ । २०७७ मा नेपालले चीन सरकारसँग एमओयू गरिसकेको छ । यसको कार्यान्वयनको सन्दर्भमा थप छलफलमा छौं । अहिलेसम्म नेपालमा कुनै पनि योजना सुरु भएको छैन । यो कुरा संसद्‌मा पनि राखिसकेको छु,' उनले भने ।

भारतको संसद्‌मा राखिएको नेपाली भूमि समेटिएको नक्साबारे प्रतिवेदन पठाउन भनेर निर्देशन दूतावासलाई दिएको तर प्रतिवेदन आइनसकेको मन्त्री साउदले बताए । उनले प्रतिवेदन आएपछि सार्वजनिक गर्ने बताए ।

प्रकाशित : असार २५, २०८० १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×