कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट माथेमाको इजलासमा

काठमाडौँ — कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइका लागि सोमबार पनि पेशी तोकिएको छ । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले हस्ताक्षरलाई मान्यता दिएर सरकार गठन गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सो रिट परे पनि हेर्न भ्याइएको थिएन ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट माथेमाको इजलासमा

माथेमाको मुद्दाको दैनिक पेशी सूचीमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिट २४ नम्बरमा रहेको छ । गत बिहीबार प्रदेश प्रमुख खापुङले सभामुख गौतमको हस्ताक्षरलाई समेत मान्यता दिँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सत्तारुढ गठबन्धनले थापाको पक्षमा बहुमत रहेको दावीबी गर्न प्रदेशसभाका सभामुख गौतमको हस्ताक्षर समेत बुझाएका थिए । विपक्षी दलले प्रदेश सरकार गठन असंवैधानिक भएको बताउँदै आएका छन् ।

प्रकाशित : असार २५, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×