चितवनमा बस पल्टिदा १३ घाइते
भरतपुर — नारायणगढ-मुग्लिन सडक खण्ड अन्र्तगत चितवनको कविलास ५ घुमाउनेमा बिहीबार यात्रुवाहक बस पल्टिदा १३ जना यात्री घाइते भएका छन ।
उदयपुरबाट काठमाण्डौं तर्फ जादै गरेको ना ३ ख ७८७३ नम्बरको बस अनियन्त्रित भई पहाडमा ठोकिएर पल्टिदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उक्त दुर्घटनामा परी घाईते भएकाहरुको हात, खुट्टा, टाउको, अनुहार, ढाड लगायत शरिरको विभिन्न भागमा घाउ खत लागेको थियो । घाईते सबै बसमा सवार यात्रु भएको प्रहरीले जनाएको छ । स्थानियको सहयोगमा प्रहरीले घाईतेको उद्धार गरी अस्पताल पुर्याएको थियो । घाईते सबैलाई भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
प्रकाशित : पुस १६, २०७२ १६:५१
प्रतिक्रिया