कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

शिव सेनाको कार्यक्रममा छोरीसँग पारस (फोटोहरु)

काठमाडौं — शिव सेना नेपालले बिहीबार राजधानीको वनकालीमा गरेको कार्यक्रममा पूर्व युवराज पारस शाह छोरी पूर्णिकासँगै सहभागी भए । ११ बजे आउने तय भए पनि उनी साढे १ बजेतिर कार्यक्रम स्थल आइपुगेका थिए ।

शिव सेनाको कार्यक्रममा छोरीसँग पारस (फोटोहरु)

छोरी र केही आफन्तसहित आएका पारस कार्यक्रममा देखापरेलगत्तै सहभागीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।

खरानी रङको ज्याकेट, खैरो रङको सर्ट, कालो पाइन्ट र चश्मा लगाएर पारस कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा आकर्षणकी केन्द्र भने पारसकी छोरी भइन ।

कार्यक्रममा सहभागी हुँदा पारस छोरीसँगै बसे र गफ गरिरहे । उनले छोरीलाई उठेर सहभागीलाई नमस्कार गर्न अह्राएका थिए ।

शिव सेनाले सुरु गरेको भूकम्प पीडितको लागि खाना खुवाउने कार्यक्रमको उद्घाटनको लागि पारस वनकाली पुगेका थिए । उनले पानसमा बत्ती बालेर कार्यक्रमको सुरुवात गरे । पीडितका लागि हरेक दिन बिहान खाना नि:शुल्क खाना खुवाउने शिव सेनाले जनाएको छ ।

कार्यक्रमस्थलमा खाना खाएर एक घण्टापछि पारस बाहिरिएका थिए ।

प्रकाशित : पुस १६, २०७२ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?