२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बझाङ प्रदेशसभा-१ कांग्रेस उम्मेदवार सिंह अगाडि लागे

बझाङ — ६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनको मतगणनामा कांग्रेसले अग्रता लिएको छ । सोमबार बिहानदेखि कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएका हुन् । सिंह एमाले उम्मेदवारभन्दा २ सय ६४ मतले अगाडि छन् ।

बझाङ प्रदेशसभा-१ कांग्रेस उम्मेदवार सिंह अगाडि लागे

केही बेरअघि आएको अपडेटअनुसार सिंहले ७ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् । आइतबार मध्यरातसम्म अग्रता कायम गरेका एमालेका दमनबहादुर भण्डारी भने झिनो अन्तरले पछि परेका छन् । उनले ७ हजार २ सय २८ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादीका जनक बुढाले २ हजार ८ सय ९५ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहका अनुसार सोमबार दिउँसोसम्म अन्तिम मत परिणाम सार्वजनिक हुन सक्ने अनुमान छ । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुतु गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?