हिमालयन सेक्युरिटिजले थाल्यो कारोबार
काठमाडौँ — हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडले व्यावसायिक कारोबार सुरु गरेको छ ।
धितोपत्र दलालका रूपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज तथा सम्बद्घ सेवा प्रदान गर्ने लक्ष्य राखेको हिमालयन सेक्युरिटिज लिमिटेडको चुक्ता पुँजी ६० करोड छ ।
ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घतासाथ कारोबार सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन कारोबार तथा अन्य पुँजी बजारसम्बन्धी सेवा प्रदान गर्ने बताइएको छ ।
प्रकाशित : वैशाख १७, २०८१ ०७:२८प्रतिक्रिया