कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

टेलिग्रामका प्रमुख कार्यकारी फ्रान्समा पक्राउ 

भाद्र ९, २०८१
टेलिग्रामका प्रमुख कार्यकारी फ्रान्समा पक्राउ 

पेरिस — सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ । 

फ्रान्सेली मिडियाका अनुसार उनको निजी जेट ला बोर्जेट विमानस्थलमा अवतरण गरेलगत्तै डुरोभलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारीहरुका अनुसार ३९ वर्षीय अर्बपतिलाई लोकप्रिय ‘म्यासेजिङ एप’सँग सम्बन्धित अपराधमा पक्राउ गरिएको हो ।

डुरोभलाई टेलिग्रामलाई आपराधिक समूहहरूले गरिरहेको प्रयोग रोक्न कदम चाल्न असफल भएको आरोपमा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

रुसमा जन्मिएका डुरोभ हाल संयुक्त अरब इमिरेट्समा बस्छन् । उनीसँग संयुक्त अरब इमिरेट्स र फ्रान्सको दोहोरो नागरिकता छ । टेलिग्राम खासगरी रुस, युक्रेन र पूर्व सोभियत संघ राज्यहरूमा लोकप्रिय छ ।

डुरोभले प्रयोगकर्ताका तथ्यांक हस्तान्तरण गर्न अस्वीकार गरेपछि रुसले टेलिग्रामलाई सन् २०१८ मा प्रतिबन्ध लगाएको थियो । तर, उक्त प्रतिबन्ध २०२१ मा उल्टाइएको थियो ।

फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याटपछि टेलिग्राम प्रमुख सामाजिक सञ्जाल हो । डुरोभले टेलिग्रामको २०१३ मा स्थापना गरेका थिए । डुरोभले सामाजिक सञ्जाल ‘भिकोन्टाक्टे’मा विपक्षी समुदायहरूलाई बन्द गर्ने सरकारी उर्दी अस्वीकार गर्दै २०१४ मा रुस छाडेका थिए ।

प्रकाशित : भाद्र ९, २०८१ १५:०३
x
×