कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन

भाद्र २७, २०८१
भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन

नयाँदिल्ली — भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधन भएको छ । यचुरीको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा यचुरीको ७२ वर्षको उमेरमा बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित यचुरीले एम्सको आईसीयूमा उपचार गराइरहेका थिए । १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता हुन् । उनी सन् २०१५ देखि कम्युनिस्ट पार्टीका महासचिव थिए । उनले

विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका यचुरी जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतीय विद्यार्थी महासंघ (एसएफआई)का प्रभावशाली नेता थिए । उनी इन्दिरा गान्धी शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको संकटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधारको पक्षमा क्रियाशील थिए ।

यचुरी २००५ अगस्ट १९ देखि २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाका सदस्य थिए ।

प्रकाशित : भाद्र २७, २०८१ १७:०४
×