कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

युरोपमा भीषण बाढी, कम्तीमा ८ को मृत्यु 

भाद्र ३१, २०८१
युरोपमा भीषण बाढी, कम्तीमा ८ को मृत्यु 

जेसेनिक/वार्सा — मध्य तथा पूर्वी युरोपका विभिन्न देशमा दशकयताकै ठूलो बाढीका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ । बाढीका कारण रोमानियामा ६ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । पोल्यान्ड र अस्ट्रियामा एक/एक जनाको मृत्यु भएको हो ।

रोमानियका गृहमन्त्री कटालिन प्रेडोयुले देशका विभिन्न सात क्षेत्रमा बाढीले निकै क्षति पुर्‍याएको जनाएका छन् । उनले बाढीमा फसेका सयौं जनाको उद्धार गरिएको जनाएका छन् । उनका अनुसार गलाटी क्षेत्रमा कम्तीमा ५ हजार ४ सय घरमा क्षतिग्रस्त भएका छन् ।

त्यस्तै, बाढीले चेक गणतन्त्र, पोल्यान्ड, जर्मनी र स्लोभाकियाका विभिन्न सहरमा क्षति पुर्‍याएको छ । अस्ट्रियाको राजधानी भियना र नजिकैका प्रान्तहरूको अवस्था असामान्य रहेको अधिकारीहरूले जनाएका छन् ।

बाढीपछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले देशमा ‘विपद् आपत्काल’ घोषणा गरेका छन् । उनले राजधानी भियना र नजिकैका प्रान्तहरूको अवस्था असान्य रहेको बताएका छन् । टस्कले पोल्याण्डको कोल्दज्को क्षेत्रबाट सहरबाट एकहजार ६ सयजनाको उद्धार गरिएको जनाए ।

सीएनएनका अनुसार चेक गणतन्त्रका बाढी प्रभावित स्थानबाट कम्तीमा १० हजार ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । क्रोनोभ सहरको ७० देखि ८० प्रतिशत क्षेत्र डुबानमा परेको छ । बाढीपछि युरोपका करिब ३ लाख घरमा विद्युत् आपूर्ति बन्द भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ १४:२६
x
×