कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

भारतीय कंग्रेस नेता गान्धीविरुद्ध सिख समुदाय आन्दोलित

भाद्र २६, २०८१
भारतीय कंग्रेस नेता गान्धीविरुद्ध सिख समुदाय आन्दोलित

नयाँदिल्ली — भारतीय विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीविरुद्ध भारतीय सिख समुदायले आन्दोलित भएको छ । राहुलले अमेरिकामा दिएको अभिव्यक्तिपछि आक्रोशित शिख समुदायले नयाँदिल्लीस्थित गान्धी निवास अगाडि प्रदर्शन गरेका छन् । 

सत्तारुढ भारतीय जनता पार्टीको सिख प्रकोष्ठले राहुलले माफी माग्नुपर्ने मागसहित उनको निवास अगाडि र्‍याली आयोजना गरेको हो । गान्धीले सोमबार अमेरिकाको वासिङ्टनस्थित भारतीयमूलका अमेरिकी सम्बोधन गर्दै ‘भारतमा सिख समुदायका व्यक्तिलाई पगडी र कडा (बाला) लगाएर गुरुद्वारा जान पाइन्छ कि पाइन्न भन्ने मात्र चिन्ता रहेको’ भएको बताएका थिए ।

गान्धीले पगडी र कडा लगाएका एक सहभागीलाई लक्षित गर्दै, ‘पगडी लगाउने भाइको नाम के हो ?’ भनेका थिए । ‘यो लडाइँ भारतमा पगडी र कडा लगाउन पाइन्छ कि पाइन्न भन्ने हो । गुरुद्वारा जान पाइन्छ कि पाइन्न भन्ने हो ।’ त्यसक्रममा गान्धीले आरएसएसले कतिपय धर्म, भाषा र समुदायलाई अरूभन्दा तल्लो ठानेको आरोप पनि लगाएका थिए ।

गान्धीको अभिव्यक्तिप्रति सिख समुदायले आपत्ति जनाएको हो । ‘राहुल गान्धीले माफी माग्नुपर्छ । भारतको बेइज्यती गर्न र शिख समुदायविरुद्ध अभिव्यक्ति दिनका लागि उनले विदेशी भूमिको प्रयोग गरे,’ प्रदर्शनका क्रममा भाजपा नेता आरपी सिहंले भनेका छन् । प्रदर्शनका सहभागीले गान्धीविरुद्ध नारावाजी गर्दै शिखविरुद्ध १९८४ मा भएको दंगाका लागि कंग्रेस पार्टी जिम्मेवार भएको बताएका थिए ।

प्रदर्शनका क्रममा भाजपा नेता सिंहलगायतका सिख समुदायका कतिपय नेताहरूलाई दिल्ली प्रहरीले पक्राउ गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतका संसदीय तथा अल्पसंख्यक मामिलामन्त्री किरेन रिजिजूले गान्धीको अभिव्यक्तिको आपत्ति जनाउँदै भारत अल्पसंख्यक समुदायका लागि सुरक्षित स्थान भएको बताएका छन् । भारतविरोधी शक्तिको सहयोगमा भारतको बेइज्जत गर्न खोज्ने कुनै पनि व्यक्ति सफल नहुने उनको दाबी छ ।

प्रकाशित : भाद्र २६, २०८१ २०:१४
×