कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

बोनमती २०२८ सम्म बार्सिलोनामै

आश्विन १, २०८१
बोनमती २०२८ सम्म बार्सिलोनामै

बार्सिलोना — महिला बालोन डी’ओर अवार्ड विजेता आइताना बोनमतीले सोमबार बार्सिलोनासँग २०२८ सम्मका लागि नयाँ सम्झौता गरेकी छन् । 

२६ वर्षीया स्पेनिस प्लेमेकर बोनमतीले गत सिजन च्याम्पियन्स लिगको फाइनलमा गोल गरेकी थिइन् । उनको प्रभावशालीमा क्याटलन टोलीले सनसनीपूर्ण प्रदर्शन गर्दै उपाधि रक्षा गरेको थियो । बिल्बाओमा भएको फाइनलमा लियोनलाई २–० ले हराएको थियो । बार्सिलोनाले विज्ञप्तिमा भनेको छ, ‘विश्वको उत्कृष्ट खेलाडी विजेता क्लबमा रहन्छिन् ।’

बोनमतीले बार्सिलोनाका लागि २७५ खेलमा ९६ गोल गरेकी छन् । च्याम्पियन्स लिगमा २२ गोल गरेकी छन् । उनले दुई पटकको बालोन डी’ओर विजेता एलेक्सिया पुटेलाससँग सर्वाधिक गोलमा कीर्तिमान बराबरीमा छन् ।

बार्सिलोना युवा एकेडेमीमार्फत २०११ मा क्लबमा आबद्ध बोनमतीले २०२३ की विश्वकप विजेता स्पेनिस टोलीका सदस्य हुन् ।

प्रकाशित : आश्विन १, २०८१ ०६:३१
x
×