कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

इलामलाई रोपाइँ जात्रा फुटबल प्रतियोगिताको उपाधि

भाद्र ३०, २०८१
इलामलाई रोपाइँ जात्रा फुटबल प्रतियोगिताको उपाधि

पाँचथर — फिदिम नगरपालिका–७ रानीटारको बराज रंगशालामा आयोजित खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इलामले जितेको छ ।

प्रतिस्पर्धी पाँचथर फुटबल क्लबलाई सडनडेथमा हराँउदै इलाम उपाधि जित्न सफल भएको हो । शनिबार सम्पन्न फाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ बराबरी खेलेपछि टाइब्रेकरमा पुगेको थियो । त्यहाँ पनि दुवै टिमको बराबरी भएपछि सडनडेथमा इलामले पाँचथरलाई हराएको हो ।

रानीटारमा वर्षौंदेखि लाग्दै आएको रोपाइँ एवं बालदिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा कोशी अञ्चलका विभिन्न जिल्लाबाट ८ टिमले भाग लिएका थिए । उपाधि जितेसँगै इलामले १ लाख १ हजार नगद र ट्रफी तथा दोस्रो भएको पाँचथर फुटबल क्लबले ५० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्न सफल भयो ।

विजेता खेलाडी र टिमलाई फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

प्रकाशित : भाद्र ३०, २०८१ १७:०३
x
×