कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

मधेश प्रिमियर लिगको तयारी

भाद्र २९, २०८१
मधेश प्रिमियर लिगको तयारी

जनकपुर — मधेश प्रिमियर लिग (एमपीएल) का लागि मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसित छलफल थालेका छन् । क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको व्यावसायिकतालाई दृष्टिगत गरी एमपीएल आयोजना गर्ने तयारी भइरहेको छ । 

मधेश प्रदेशमा एमपीएल आयोजनाका लागि मुख्यमन्त्री सिंह र क्यानका अध्यक्ष चतुरबहादुर चन्दबीच छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले जानकारी दिए ।

जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर दीपककुमार साह र क्यानका उपाध्यक्ष रोशन सिंहसमेतको उपस्थितिमा मुख्यमन्त्री सिंह र क्यान अध्यक्ष चन्दबीच यथाशीघ्र एमपीएलको आयोजना गरिने सहमति भएको कर्णले बताए ।

‘मुख्यमन्त्री र क्यान पदाधिकारीबीच एमपीएल लिगको स्वरूप र वित्तीय रूपरेखाका बारेमा समेत चर्चा भएको छ,’ कर्णले भने, ‘एमपीएलमा ५ वटा टिमले खेल्ने र प्रत्येक टिममा २ जनासम्म राष्ट्रियस्तरका खेलाडीको सहभागिता रहनेछ ।’ हरेक टिममा ७ जना खेलाडी मधेश प्रदेशकै रहने पनि तय गरिएको उनले जानकारी दिए ।

एमपीएलका लागि अन्य प्रिमियर लिगजस्तै खेलाडीको चयन बोल बढाबढबाट हुनेछ । मुख्यमन्त्री सिंहले एमपीएलबाट क्रिकेट खेलको गुणवत्ता, मनोरञ्जनको स्तर र आर्थिक योगदानमा बढोत्तरी हुने बताए । उनले लिगबाट खेलाडीको आर्थिक सुरक्षा, पर्यटन र आतिथ्यमा गुणात्मक वृद्धि र प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित : भाद्र २९, २०८१ ०५:५२
×