कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एनपीएलका ८ टिमले पाए मार्की खेलाडी 

भाद्र २९, २०८१
एनपीएलका ८ टिमले पाए मार्की खेलाडी 

Highlights

  • करण केसी काठमाडौंका मार्की

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)का मार्की खेलाडीको नाम टुंगो लगाएको छ । शनिबार गरिएको ‘लक्की ड्र’ बाट काठमाडौंले मार्की खेलाडीका रूपमा करण केसीलाई पाएको हो । 

पोखराले कुशल भूर्तेल, चितवनले कुशल मल्ल, विराटनगरले सन्दीप लामिछाने र लुम्बिनीले रोहित पौडेललाई पाएका छन् । त्यस्तै, आसिफ शेखलाई जनकपुरले, सोमपाल कामीलाई कर्णालीले र दीपेन्द्रसिंह ऐरीलाई सुदूरपश्चिमले मार्की खेलाडीका रूपमा पाए ।

‘लक्की ड्र’ बाट आएका पहिलो खेलाडी काठमाडौंले पाएको हो । त्यस्तै, दोस्रोदेखि आठौं नम्बरमा पोखरा, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिमले पाएको हो । एनपीएल प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ ।

प्रत्येक मार्की खेलाडीले पारिश्रमिकबापत २० लाख रुपैयाँ पाउनेछन् । एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्नेछ ।

प्रकाशित : भाद्र २९, २०८१ १५:५४
×