कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

दक्षिण एसियाली जुनियर एथलेटिक्स : धावक अजयले जिते कांस्य

भाद्र २८, २०८१
दक्षिण एसियाली जुनियर एथलेटिक्स : धावक अजयले जिते कांस्य

काठमाडौँ — नेपाली जुनियर धावक अजय बिकले बिहीबार चौथो दक्षिण एसियाली जुयिनर एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।

भारतको चेन्नई तमिलनाडुमा भइरहेको प्रतियोगितामा अजयले ३ हजार मिटर दौडमा उक्त पदक जितेका हुन् । उनले ९ मिनेट ०८.९१ सेकेन्डमा दौड पूरा गरेका थिए । यस इभेन्टको स्वर्ण र रजत भारतीय खेलाडीद्वय शारुक खान र मोहित चौधरीले जितेका थिए । शारुकले ८ मिनेट २६.०६ सेकेन्डबाट स्वर्ण जित्दा मोहितले ८ मिनेट २७.६१ सेकेन्डबाट रजत जिते । यस इभेन्टमा ९ प्रतिस्पर्धी थिए ।

महिलातर्फ ३ हजार मिटर दौडमा अस्मिता भुजेल थोरै टाइमिङले कांस्य जित्नबाट वञ्चित भइन् । उनले चौथो स्थानमा दौड पूरा गर्दा १० मिनेट ४६.१५ सेकेन्डको समय निस्केको थियो । कांस्य जितेकी श्रीलंकन धाविका दुलान्जीले १० मिनेट ३९.३९ सेकेन्ड लगाइन् । पहिलो र दोस्रो स्थान भारतीय खेलाडीले हात पारे । यस प्रतियोगितामा नेपालका ५ पुरुष र ४ महिला खेलाडीले भाग लिइरहेका छन् । शुक्रबारसम्म चल्नेछ ।

प्रकाशित : भाद्र २८, २०८१ ०६:२८
×