कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

गृष्मा र सुजिताको जोडीलाई टेबलेटनिस ट्रफी

भाद्र २७, २०८१
गृष्मा र सुजिताको जोडीलाई टेबलेटनिस ट्रफी

काठमाडौँ — मोक्षदाका नितेश बुढाथोकी र कृवित भण्डारीको जोडीले दोस्रो पीईएफ अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको ब्वाइज डबल्समा स्वर्ण जितेको छ ।

सेन्ट लरेन्स स्कुलको प्रायोजनमा प्रोग्रेसिभ एजुकेसन फोरम (पीईएफ) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेश र कृवितको जोडीले नेमोनिकका विशाल लामा र विप्सन घिमिरेको जोडीलाई ३–० को सोझो सेटमा हरायो । रुद्रमति पाठशालाका विभान कार्की र कृष थापा मगरको जोडी तेस्रो भए ।

गर्ल्स डबल्समा मिसन पब्लिकका गृष्मा तामाङ र सुजिता राईको जोडीले स्वर्ण जित्यो । उक्त जोडीले फाइनलमा गत वर्षको उपविजेता सेन्ट लरेन्सका प्रियंका ठाकुर र दीक्षा गुरुङको जोडीलाई ३–२ को सेटमा हराए । रुद्रमतिका विजेता बस्नेत र अञ्जली थापा मगरको जोडी तेस्रो बने ।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष गोवर्धन श्रेष्ठ, टेबलटेनिस खेलाडी इभाना थापा मगर र सिक्का सुवाल श्रेष्ठ, सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जन, पीईएफकी अध्यक्ष सीता भट्टराईलगायतले पुरस्कृत गरे ।

एकदिने प्रतियोगितामा विभिन्न १० विद्यालयका ४० खेलाडीले २ स्पर्धामा प्रतिस्पर्धा गरेको सेन्ट लरेन्सका टेबलटेनिस प्रशिक्षक नवीनबहादुर सिंहले जनाए ।

प्रकाशित : भाद्र २७, २०८१ २१:३०
×