कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

डीएभीलाई क्रिकेट उपाधि

भाद्र २६, २०८१
डीएभीलाई क्रिकेट उपाधि

काठमाडौँ — प्रथम बाबुराम पोखरेल मेमोरियल अन्तर–स्कुल सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टिम ले जितेको छ ।

भीएस निकेतन स्कुलद्वारा आयोजित प्रतियोगिताको हात्तीवनस्थित जीएचसीए क्रिक्सलमा भएको फाइनलमा डीएभी ‘ए’ ले डीएभी स्कुल ‘बी’ टिमलाई हरायो ।

टस जितेर ब्याटिङ गरेको डीएभी ‘बी’ ले दिएको २५ रनको सामान्य लक्ष्य डीएभी ‘ए’ ले मात्र ४ ओभरमा विकेट नगुमाई ६ विकेटको जित दर्ता गर्‍यो । निर्धारित ६ ओभरमा डीएभी ‘बी’ ले ५ ओभरमा सबै विकेट गुमाएको थियो । प्लेयर अफ द फाइनल डीएभीका केशव अग्रवालले ६ रन खर्चेर ३ विकेट लिए । ब्याटिङतर्फ सुब्रत मल्लिकले अविजित १४ रन बनाए ।

डीएभी ‘ए’ ले एलआरआई स्कुललाई २२ रन र डीएभी ‘बी’ ले अपी स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा तय गरेका थिए । उत्कृष्ट खेलाडी र ब्याटर डीएभी ‘ए’ का प्रसिद्ध जैसी भए । उत्कृष्ट बलर मनकामनाका विलक न्यौपाने भए । तीन दिन चलेको प्रतियोगितामा उपत्यकाका २६ स्कुलका टिम प्रतिस्पर्धी थिए ।

प्रकाशित : भाद्र २६, २०८१ २२:१२
×