कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

श्रेष्ठ ओसीएको कार्यकारणी सदस्यमा निर्वाचित

भाद्र २३, २०८१
श्रेष्ठ ओसीएको कार्यकारणी सदस्यमा निर्वाचित

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन् ।

यस्तै, उनी ओसीएको स्पोर्ट्स् एन्ड इनभारोमेन्ट कमिटीको अध्यक्षमा पनि निर्वाचित भएका छन् ।

ओसीएको भारतीय राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपमा भएको ४४ औं साधारण सभामा अध्यक्ष श्रेष्ठ कार्यकारणी कमिटीको सदस्य तथा स्पोर्ट्स् एण्ड इनभारोमेन्ट कमिटीको अध्यक्षमा चुनिएका हुन् ।

सभामा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले साधारण सभाको निर्वाचन मण्डलको सदस्यका रूपमा भूमिका निभाएका थिए ।

प्रकाशित : भाद्र २३, २०८१ १८:४४
×