कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

एन्फा महिला लिग : कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो

भाद्र २३, २०८१
एन्फा महिला लिग : कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो

काठमाडौँ — ललितपुरमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित हासिल गरेको हो । यससँगै कोशीले तीन खेलबाट ९ अंक बटुल्दै अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ । पराजित कर्णालीको भने १ अंक छ । यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० र वाग्मती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो । त्यस्तै यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को पराजय ब्यहोरेको थियो ।

आज कोशीको जितमा पूर्णीमा राईले २ गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान १/१ गोल गरे । कोशीकी पूर्णिमाले खेलको ३४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसपछि खेलको ६७औँ मिनेटमा समीक्षाले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन् । त्यसको पाँच मिनेटपछि पूर्णिमाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् ।

खेलको ७५औँ मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीले कर्णालीमाथि ४–० को जित निकाल्यो ।

प्रकाशित : भाद्र २३, २०८१ १६:५३
×