कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

यूएस ओपन २०२४ : फाइनलमा पेगुला सबलेन्काको सामना गर्दै

भाद्र २१, २०८१
यूएस ओपन २०२४ : फाइनलमा पेगुला सबलेन्काको सामना गर्दै

काठमाडौँ — यूएस ओपन २०२४ को महिला एकलको उपाधिका लागि आरयन सबलेन्का र जेसिका पेगुलाभिड्ने भएका छन् । दुई पल्टकी अस्ट्रेलियन ओपन विजेता सबलेन्का लगातार दोर्स्रा वर्ष फाइनल पुगेकी हुन् ।

शुक्रबारको पहिलो सेमिफाइनलमा सबलेन्काले एमा नभारोलाई सिधा सेटमा ६–३ र ७–६ ले पराजित गरिन् ।

पहिलो सेट सजिलै जितेपछि सबलेन्काले दोस्रो भने केही संघर्ष गरिन् र टाइब्रेकरमा ७–२ ले अगाडि रहिन् । अर्को सेमिफाइनलमा पेगुलाले एक सेटले पछाडि रहेको स्थिति उल्टाएर क्यारोलिन मुचोभालाई १–६, ६–४ र ६–२ ले हराइन् । पेगुला ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल पुगेको यो नै पहिलो पटक हो ।

प्रकाशित : भाद्र २१, २०८१ ०९:५४
x
×