कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

लन्डन डर्बीमा आर्सनलको प्रहार

भाद्र ३०, २०८१
लन्डन डर्बीमा आर्सनलको प्रहार

लन्डन — ग्याब्रिएल म्यागालेसले हेडबाट गरेको गोलले इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहमलाई १–० ले पराजित गरेको छ । मिडफिल्डका दुई प्रमुख खेलाडी डेक्लन राइस र मार्टिन ओडेगार्ड विना पनि आर्सनलले उत्तरी लन्डन डर्बी जितेको हो । यस जितसँगै छिमेकी क्लब टोटनहमाथि आर्सनल आफ्नो प्रभत्व कायम राख्न सफल रह्यो ।

मिखेल आर्टेटाका कप्तान ओडेगार्ड घाइते छन् भने राइस रातो कार्डका कारण एक खेल प्रतिबन्धमा थिए । ब्राजिली खेलाडी म्यागालेसले फेब्रुवरीयता गरेको यो नै पहिलो गोल हो । यससँगै आर्सनल लिगका चार खेलमध्ये तीनमा जित निकाल्न सफल रह्यो र अपराजित रह्यो । आर्सनल १० अंकमा दोस्रो स्थानमा छ ।

यसअघि वैकल्पिक क्रिस्टोफर एककुन्कुले खेलको अन्त्यतिर गरेको गोलको मदतले चेल्सीले शनिबार राति बर्नमाउथलाई १–० ले हराएको थियो । खेल बराबरीतर्फ अग्रसर भएको बेला ८५ औं मिनेटमा एनकुन्कुले गोल गरेका हुन । यस खेलमा कुल १४ पहेँलो कार्ड देखाइएको थियो र प्रिमियर लिगमा देखाइएको सर्वाधिक कार्डको कीर्तिमान हो । यी पहेँलो कार्डमध्ये छ बर्नमाउथ र आठ चेल्सीको नाममा रह्यो ।

प्रकाशित : भाद्र ३०, २०८१ २२:४१
x
×