कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

शान्तिले जितिन् चेस उपाधि

भाद्र २१, २०८१
शान्तिले जितिन् चेस उपाधि

काठमाडौँ — शान्ति धिमालले हिमालयन तीज चेस टोर्नीको उपाधि जितेकी छन् । उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी हात पारेकी हुन् ।

स्विस प्रणालीको आधारमा ५ चरणमा सञ्चालित र्‍यापिड चेसमा १६५७ रेटिङकी शान्तिले प्रियंशा प्रधान, इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एञ्जल महर्जनलाई पराजित गर्दै ५ अंकसहित विजेता भएकी हुन् । ३० वर्षीया शान्ति हंगेरीको बुडापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडमा छानिएकी खेलाडी हुन् ।

दुई वर्षअघि चेन्नईमा भएको ४४ औं ओलम्पियाडकी खेलाडी शान्तिले तीज चेस टोर्नीको उपाधि होडमा निर्णायक पाँचौं चरणमा १६४६ रेटिङकी एञ्जललाई पराजित गरिन् । निहाना श्रेष्ठ ४ अंकसहित उपविजेता भइन् । समान ४ अंक भए पनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया सैंजु तेस्रो भइन् । निहाना र अनैयाले एकमात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन् ।

हिमालयन चेस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा यू–१५ मा प्रज्ञा पन्त, यू–१३ मा एञ्जल महर्जन, यू–११ मा नायुमा मगर, यू–९ मा प्राज्ना तुलाधर र यू–७ मा चार्वी खेम्का विजेता भए । उनीहरू सबै एकेडेमीकै उत्पादन हुन् । ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २ं५ अंक बटुल्दै पहिलो भइन् ।

प्रकाशित : भाद्र २१, २०८१ २२:३०
x
×