कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

रेडियन्टले बास्केटबल आयोजना गर्ने

भाद्र २०, २०८१
रेडियन्टले बास्केटबल आयोजना गर्ने

काठमाडौँ — रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय थ्री अन थ्री बास्केटबल प्रतियोगिता भदौ २८ देखि हुने भएको छ ।

आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रेडियन्ट रिडर्सले प्रतियोगिता गर्न लागेको संस्थापक प्रिन्सिपल डिके ढुंगानाले बिहीबार पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी विद्यालयको सहभागिता रहने रेडियन्टका ईसीए इन्चार्ज राजेन्द्र कपालीले बताए । ब्वाइजमा २४ र गर्ल्समा १६ टिमको सहभागिता अपेक्षा छ ।

विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । संस्थापक प्रिन्सिपल ढुंगानाले खेलकुदको विकासका लागि विद्यालय तहबाटै खेल विकास आवश्यक रहेको बताए ।

उनले क्रिकेटका लागि रेडियन्टले आफ्नै क्रिकेट एकेडेमी स्थापना गर्न लागेको बताए । तीनदिने प्रतियोगिताका खेल लिगकम नकआउट आधारमा आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

प्रकाशित : भाद्र २०, २०८१ २१:२४
x
×