कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एलआरआई र रेडियन्ट बास्केटबल च्याम्पियन

भाद्र २०, २०८१
एलआरआई र रेडियन्ट बास्केटबल च्याम्पियन

काठमाडौँ — एलआरआई र रेडियन्ट पब्लिकले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । एलआरआई ब्वाइज र रेडियन्ट गर्ल्समा च्याम्पियन बने ।

आयोजक ज्ञानोदय बालबाटिकाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा एलआरआईले पुष्पसदनलाई ६९–५३ स्कोरले हरायो । एलआरआईको जितमा मन्दीप गुरागाईंले ३५ स्कोर गरे ।

दिव्यान्शा कार्कीको २५ स्कोरमा रेडियन्टले रिब्सलाई ३८–२८ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय मन्दीप र दिव्यान्शा आ–आफ्नो विधामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

विजेतालाई भिक्टर शम्शेर राणा, ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका भाइस प्रिन्सिपल भानु एलगायतले पुरस्कृत गरे । ११ दिने प्रतियोगिताको ब्वाइजमा १७ र गर्ल्समा १५ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : भाद्र २०, २०८१ २०:४६
x
×