कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

यूएस ओपन : पाओलिनीलाई हराउँदै मुचोभा क्वार्टरफाइनलमा

भाद्र १८, २०८१
यूएस ओपन : पाओलिनीलाई हराउँदै मुचोभा क्वार्टरफाइनलमा

काठमाडौँ — क्यारोलिना मुचोभाले पाँचौं वरीयताकी जासमिन पाओलोनीमाथि आश्चर्यजनक जित निकाल्दै सोमबार यूएस ओपन-२०२४ को क्वार्टरफाइनल यात्रा निश्चित गरेकी छिन् । गैरवरीयता प्राप्त खेलाडी मुचोभा ६–३ र ६–३ ले विजयी रहिन् ।

पहिलो सेटमा ३–१ को अग्रता लिएर पनि पाओलानी पराजित भएकी हुन् । अब मुचोभाले बेटरिज माइआको सामना गर्नेछिन् । माइआले अर्को खेलमा पूर्व विश्व नम्बर १ खेलाडी क्यारोलिन वाजनिस्कीलाई ६–२, ३–६ र ५–३ ले पराजित गरिन् ।

पुरुषतर्फ ड्यानिल मेडभेडेभले क्वाटरफाइनल प्रवेशका लागि नुनो बोरगेसलाई सुजिलै ६–०, ६–१ र ६–३ ले हराएका छन् । यसपल्टको प्रतियोगितामा चुनौती कायम हुने उनी अन्तिम पूर्व विजेता खेलाडी हुन् ।


प्रकाशित : भाद्र १८, २०८१ ०६:३२
x
×