कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यू-१९ फुटसलमा नेपाल विजयी

भाद्र ३०, २०८१
यू-१९ फुटसलमा नेपाल विजयी

काठमाडौँ — नेपालले दक्षिण एसियाली फुटसल प्रतियोगिताको यू–१९ ब्वाइजतर्फ शनिबार चार खेलमा जित पाएको छ । नेपालको ‘ए’ र ‘बी’ टिमले २–२ खेल जिते । 

नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर आईबी कन्टिनम स्कुलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल ‘ए’ ले बंगलादेशलाई ५–२ र भारतलाई १८–१ गोलले हरायो ।

सातदोबाटोस्थित आयोजक प्रिमियरको मैदानमा नेपाल ‘बी’ ले भारतलाई १३–१ र बंगलादेशलाई ८–२ गोलले हराए । ब्वाइजमा नेपालको २ सहित ४ टिम प्रतिस्पर्धी छन् । गर्ल्सको यू–१७ तर्फ नेपालको २ सहित ३ टिमको सहभागिता छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०६:३५
×