कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सोसिसाडमाथि रियलको सजिलो जित

भाद्र ३०, २०८१
सोसिसाडमाथि रियलको सजिलो जित

काठमाडौँ — दोस्रो हाफमा सम्भव दुई गोलमा रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा रियल सोसिडाडमाथि सजिलो २–० को जित निकालेको छ । रियल एरिनामा भएको खेलमा भिनिसियस जुनियर र केयलिन एमबापेले एक/एक गोल गरे ।

रियलका लागि पछिल्ला दुई खेलमा एमबापेको यो तेस्रो गोल हो । यो जितपछि रियलले लिग तालिकाको शीर्षमा रहेको बार्सिलोनासँगको दूरी एक अंकमा छोट्याएको छ । तर बार्सिलोनाले एक खेल कम खेलेको छ ।

अन्य खेलमा भिल्लारियलले रियल मार्लोकालाई २–१, इस्पनयोलले डेपोर्टिभो एलाभेसलाई ३–२ र सेभियाले गेटाफेलाई १–० ले हरायो । भिल्लारियल ११ अंकमा तेस्रो स्थानमा छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०५:२४
×