कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

साफ च्याम्पियनपसिप फाइनल : पहिलो हाफमा बंगलादेशको अग्रता

भाद्र १२, २०८१
साफ च्याम्पियनपसिप फाइनल : पहिलो हाफमा बंगलादेशको अग्रता

काठमाडौँ — साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले  नेपाल र बङ्लादेशबीच  प्रतिस्पर्धा भइरहेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बंगलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो ।

खेलको ९ औँ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बंगलादेशका ‘किपर’ मोहमद आसिफले बचाउ गरे । त्यसपछि पनि खेलको विभिन्न समयमा नेपालले गोल गर्न प्रयास गरे पनि असफल बनेको छ ।

बंगलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यसो त बंगलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।

प्रकाशित : भाद्र १२, २०८१ १५:३९
x
×