कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

आठ मार्की खेलाडी सार्वजनिक

भाद्र २९, २०८१
आठ मार्की खेलाडी सार्वजनिक

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि शुक्रबार आठ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ । शुक्रबार हुने ‘लक्की ड्र’ बाट कुन मार्की खेलाडी कुन टोलीमा रहने तय हुनेछ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ । 

क्यानले सार्वजनिक गरेको मार्की खेलाडीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल छन् । यी ८ खेलाडी विभिन्न आठ फ्रेन्चाइज टोलीमा मार्की खेलाडीको रूपमा रहनेछन् ।

‘लक्की ड्र’ बाट आएका पहिलो खेलाडी काठमाडौंले पाउनेछ । त्यस्तै, दोस्रोदेखि आठौं नम्बरमा पोखरा, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिमको पालो आउनेछ । एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्यवय गर्नुपर्नेछ ।

प्रकाशित : भाद्र २९, २०८१ ०५:५३
×