कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नारायणगढमा कर्पोरेट कप क्रिकेट हुने

भाद्र १२, २०८१
नारायणगढमा कर्पोरेट कप क्रिकेट हुने

चितवन — नारायणगढमा सीएमसी कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिता भदौ १४ देखि हुने भएको छ । चितवन जिल्ला क्रिकेट संघले चितवन मेडिकल कलेज (सीएमसी) सँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । भदौ १७ सम्म चल्ने प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।

व्यावसायिक संघसंस्थासँग क्रिकेटका माध्यमबाट सम्बन्ध बढाउँदै चितवनलाई क्रिकेट खेलको अग्रणी जिल्ला बनाउने उद्देश्यले प्रतियोगिता गरेको अध्यक्ष पियाले बताए । यस्ता प्रतियोगिताले जिल्लामा क्रिकेटको माहोल बढ्दै जाने उनको तर्क थियो ।

‘संघले हरेक क्षेत्रसँग सहकार्य गर्दै जाने योजना बनाएको छ । कर्पोरेट क्रिकेट त्यही उद्देश्यले आयोजना गर्न लागेका हौं । चितवनमा क्रिकेट रंगशाला बन्न सुरु भएको छ । क्रिकेटमा चितवनलाई अग्रणी जिल्ला बनाउने हाम्रो लक्ष्य हो । यसका लागि प्रतियोगिताहरू भइरहनुर्छ,’ पियाले भने ।

इन्डोर क्रिकेट ८ ओभरको हुनेछ । एउटा खेल एक घण्टाभित्र सक्ने लक्ष्य रहेको उनले बताए । नारायणगढ बाह्रघरेको कासी स्पोर्टसमा प्रतियोगिता हुनेछ । ‘चितवनले स्वस्थोपचार क्षेत्रमा निकै राम्रो प्रगति गरेको छ । यहाँको उपचार सेवा राम्रो र भरपर्दो भएका कारण देशभरबाट बिरामीहरू भरतपुर आउँछन् । खेलकुदको क्षेत्रमा पनि चितवन कम छैन । अझै उन्नत बनाउन हामीले सहकार्य सुरु गरेका हौं,’ सीएमसीका प्रमुख प्रशासक प्रताप देवकोटाले भने ।

प्रकाशित : भाद्र १२, २०८१ २१:५९
x
×