कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

साफ यू–२० च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश

भाद्र १०, २०८१
साफ यू–२० च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश

काठमाडौँ — साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ४–३ ले हराएको छ ।

बंगलादेशका लागि दोस्रो रोजाइका गोलरक्षक मोहम्मद हासिफले दुई बचाउ गरे र आफ्नो टिमलाई जित दिलाए । फाइनल खेल बुधबार हुनेछ ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेको थियो र यससँगै प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।बंगलादेशले ३६ औं मिनेटमा अग्रता लिएको थियो । राबी हुसेनको प्रहार भारतीय गोलरक्षक प्रियान्स दुवेले राम्रोसँग क्लियर गर्न सकेनन् र त्यसमै फर्केको बलमा असदुल मुल्लाले गोल गरे ।

भारतले ७५ औ मिनेटमा बराबरी गोल फर्काको थियो । कप्तान ग्वामस्वायर गोयरीले शक्तिशाली प्रहार गर्दै गोल गरेका हुन् । बंगलादेशका पहिलो रोजाइका गोलरक्षक मेहदी हुसेन घाइते भएर मैदान छाड्न बाध्य रहे र उनको स्थानमा मोहम्मद आसिफले खेलेका थिए ।

खेलको अन्त्यतिर बंगलादेश दस खेलाडीमा सीमित रहेको थियो । उसका कामासाई मारमा दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । प्रतियोगिताको पहिलो सेमिफाइनलमा पनि नेपालले भुटानलाई टाइब्रेकरमै पराजित गरेको थियो ।

प्रकाशित : भाद्र १०, २०८१ १७:२०
x
×