कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

वातासिनो उपाधि नजिक

भाद्र २८, २०८१
वातासिनो उपाधि नजिक

नवलपरासी पूर्व — गिरुबारीमा भइरहेको युनाइटेड गोल्डकप फुटबलमा बिहीबार एभरेस्ट युवा क्लब चितवनलाई पराजित गर्दै वातासिनो योङ स्टार कावासोती फाइनलमा पुगेको छ ।

वातासिनो योङ स्टार १–० ले विजयी भयो । उपाधिका लागि वातासिनोले शनिबार रड्स रामपुरसँग प्रतिस्पर्धा गर्नेछ । विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी जित्नेछन् ।


प्रकाशित : भाद्र २८, २०८१ ०६:२५
×