कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

इलाइट र जुजु विजयी

भाद्र २८, २०८१

काठमाडौँ — तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियनसिपमा बिहीबार नेपालका शीर्ष खेलाडीको टिम एनएसआर इलाइटले पाकिस्तानी टिमलाई ३–० ले हराएको छ । अर्को टिम जुजुले पनि ब्रिटिस टिम ‘बी’ विरुद्ध २–० ले सफलता पायो । 

सातदोबाटोस्थित स्क्वास र्‍याकेट्स कोर्टमा पुल ‘ए’मा टिम जुजुका राजेन्द्र शाक्यले लेफ रुकीलाई ११–२, ११–४, ११–४ र उमित श्रेष्ठले पंकज गुरुङलाई ११–२, ११–१, ११–३ ले सजिलै हराए ।

इलाइटका लागि अरहन्तकेशर सिंहले पाकिस्तानका गुहुला अलीलाई ११–४, ११–२, ११–४ ले सोझो सेटमा हराए । अमिर ब्लोनले रोहन नेपालीलाई र दीपक थापाले एजाज अलीलाई ३–० ले हराए ।


प्रकाशित : भाद्र २८, २०८१ ०६:२८
×