कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

प्रिमियर लिग : एनफिल्डमा आर्नेको पहिलो जित

भाद्र १०, २०८१
प्रिमियर लिग : एनफिल्डमा आर्नेको पहिलो जित

काठमाडौँ — व्यवस्थापक आर्ने स्लटको पहिलो एनफिल्ड खेलमा लिभरपुलले आइतबार ब्रेन्टफोर्डलाई २–० ले हराएको छ । यससँगै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकाल्यो ।

लिभरपुलले १३ औं मिनेटमा लुइस डियाजको गोलले अग्रता लिएको थियो । यो लिभरपुलका लागि डियाजको सयौं खेल पनि रह्यो । त्यसपछि मोहमद सलाहले ७० औं मिनेटमा दोस्रो गोल थपे ।

लिगमा दुई चरणका खेल सकिंदा लिभरपुलसँगै म्यानचेस्टर सिटी, ब्राइटन र आर्सनलले छ अंक बटुलेका छन् । आइतबारका अन्य खेलमा चेल्सीले उल्भ्सलाई ६–२ ले हरायो भने बर्नमाउथ र न्युकासल युनाइटेडले १–१ को बराबरी खेले ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:४४
x
×