कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

एनआरटीले टेबलटेनिस गर्ने

भाद्र १०, २०८१
एनआरटीले टेबलटेनिस गर्ने

काठमाडौँ — काठमाडौं खेल मन्डल (एनआरटी) ले भदौ ११ देखि १३ गतेसम्म केकेएम–एनआरटी अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लबको ९० औं वार्षिक उत्सवको अवसरमा एनआरटीले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । 

विगतमा खेल्दै आएका चारवटा खेलहरू फुटबल, क्रिकेट, विलियार्ड र टेबलटेनिस खेलको पनि आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

त्यसअन्तर्गत विलियार्ड खेल सम्पन्न भइसकेको छ भने यसै वर्षभित्र क्रिकेट र फुटबल खेलको पनि आयोजना गर्न लागेको क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए ।

टेबल टेनिसमा ४३ विद्यालयका १ सय ९२ खेलाडीले ब्वाइज/गर्ल्स टिम, यू–१६ ब्वाइज/गर्ल्स एकल तथा यू–१२ ब्वाइज/गर्ल्स गरी विभिन्न ६ इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा १ लाख ६० हजार नगद पुरस्कार राखिएको छ । यू–१६ र १२ का स्वर्ण, रजत र कांस्य (२ जना) विजेताले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितालाई नेपाल टेबलटेनिस संघको प्राविधिक सहयोग गर्ने प्रतियोगिताका संयोजक सुनिलभक्त जोशीले बताए ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:०४
x
×