कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

ज्ञान कार्निभल : रातो बंगलाको दुई जित

भाद्र १०, २०८१
ज्ञान कार्निभल : रातो बंगलाको दुई जित

काठमाडौँ — रातो बंगलाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित पाएको छ ।

ब्वाइजमा रातो बंगलाले पाठशाला बानेश्वरलाई ३६–११ स्कोरले पराजित गर्‍यो । बंगलाका अक्षित झाले ११ स्कोर जोडे । गर्ल्समा रातो बंगलाले एलआरआईलाई १८–८ ले हरायो । विजयी टिमका लागि नहना ढुंगानाले ९ स्कोर गरिन् । पाठशालाले रुपिज इन्टरनेसनललाई १८–४ ले हरायो ।

ब्वाइजको अन्य खेलमा पुष्पसदनले रुपिजलाई २९–८, आइडियल मोडलले मोर्डन इन्डियनलाई ३३–२२ र एलआरआईले पाठशाला बागडोललाई ३४–२२ स्कोरले पन्छाए । पुष्पसदनका सम्राट लामाले १३, आइडियलका युकिम मगरले ११ र एलआरआईका मन्डी गुरागाईंले १६ स्कोर गरे ।

प्रकाशित : भाद्र १०, २०८१ २०:०४
x
×