कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

युनाइटेड गोल्डकप शुक्रबारदेखि

भाद्र ९, २०८१

पूर्वी नवलपरासी — गिरुबारीमा ३८ वर्षदेखि खेलाइँदै आएको युनाइटेड गोल्डकप फुटवल शुक्रबार सुरु हुनेछ । हुप्सेकोट–३ स्थित सरस्वती माविमा हुने प्रतियोगितामा २० क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

संयोजक हरि थापाका अनुसार विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनल पराजित दुई टिमलाई २० हजार दिइने छ ।

यसअघिका प्रतियोगितामा एउटै टिममा धेरै विदेशी खेलाडीको सहभागिता रहेकाले यसपालि एक टिमले बढीमा ३ मात्रै विदेशी खेलाउन पाउने नियम बनाइएको थापाले बताए । तिजको अवसरमा प्रतियोगिता हुँदै आएको हो ।

प्रकाशित : भाद्र ९, २०८१ ०८:४७
x
×