कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भ्याली पब्लिक र ग्रिनल्यान्ड सेमिफाइनलमा

भ्याली पब्लिक र ग्रिनल्यान्ड सेमिफाइनलमा

काठमाडौँ — भ्याली पब्लिक र सत्यसाइ १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सेमिफाइनल पुगेका छन् ।

भ्यालीले एन्जल्स हार्टलाई २७–२४ स्कोरले पराजित गर्‍यो । टोलीका विशाल परियारले १३ स्कोर गरे । आकाश महतोको ८ स्कोरमा सत्यसाइले हिमरश्मिलाई २६–२२ ले हरायो । लालीगुराँस नेसनल एकेडेमीले सेबलाई ३०–२४ र गोल्डेनपिकले ग्रिनफिल्डलाई २१–१६ ले हराएर सेमिफाइनलमा पुगे । लालीगुराँसका सरगम गुरुङले ११ र गोल्डेनपिकका अमन गुरुङले ८ स्कोर गरे ।

सिनियर गर्ल्समा आयोजक ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २९–२४, भ्याली पब्लिकले विद्याआश्रमलाई २४–२०, फेरिल्यान्डले पारामाउन्टलाई २८–२४ र टीआईएले तेजस्वीलाई २३–१९ ले हराएर सेमिफाइनलसुरक्षित गरे । ग्रिनल्यान्डकी अहाना खड्काले १२, भ्याली पब्लिककी लोरिसा गौचनले १३, फेरिल्यान्डकी कृतिका कटुवालले १२ र टीआईएकी सलिना क्षेत्रीले ८ स्कोर गरे ।

सिनियर ब्वाइजमा कन्स्टिलेसनलले डीभीएलाई ४४–३३, एचएचसीएले ग्रिनल्यान्ड ‘ए’ लाई ६७–६२ र भ्याली पब्लिकले टीआईएलाई ४०–३३ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । कन्स्टिलेसनलका सुदिन तामाङले १४, एचएचसीएका डेविड राईले ३५ र भ्याली पब्लिकका सुनिल पौडेलले २० अंक बटुले ।

प्रकाशित : भाद्र ८, २०८१ २०:५०
x
×