कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

पिनाकललाई अन्तर कलेज क्रिकेट उपाधि

पिनाकललाई अन्तर कलेज क्रिकेट उपाधि

काठमाडौँ — पिनाकल एकेडेमीले एईसीसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । हाइप यती इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन ह्वाइटहाउसलाई ४ रनले हराएको थियो ।

रोयल स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा पिनाकलले दिएको ९९ रनको लक्ष्य पाएको हिमालयनले पूरा १० ओभरमा ६ विकेट गुमाई ९४ रनमात्र बनाउन सक्यो । टोलीका नितिश मोक्तानले सर्वाधिक ३८ र मोहम्मद रियाजले १८ रन बनाए । पिनाकलका अभिषेक थापाले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द फाइनल भएका अभिषेकले ३ ओभरमा २२ रन खर्चिए । अपराजित पौडेलले २ विकेट लिए ।

यसअघि टस जितेको पिनाकलले १० ओभरमा ४ विकेट गुमाई ९८ रन बनायो । अभिषेक थापाले सर्वाधिक २४, सन्देश खड्काले १८, हिमाल विष्टले १६ र अपराजित पौडेलले १३ रन बनाए । हिमालयनका जीवन कार्कीले २ विकेट लिए ।

विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी पाए । यसअघि पहिलो सेमिफाइनलमा पिनाकलले शिक्षान्तर कलेजलाई १२ रन र हिमालयन ह्वाइटहाउसले एभीएस स्कुललाई २६ रनले पराजित गरेका थिए । उत्कृष्ट खेलाडी पिनाकलका अभिषेक थापा चुनिए । उत्कृष्ट ब्याटर शिक्षान्तरका कृष शाही ठकुरी, उत्कृष्ट बलर पिनाकलका अभिषेक थापा, उत्कृष्ट फिल्डर हिमालयनका नितिश मोक्तान चुनिए ।

प्रकाशित : भाद्र ८, २०८१ २१:०६
x
×