कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

साफ यू–२० च्याम्पियनसिप : श्रीलंकालाई हराएपछि नेपाल बलियो स्थितिमा

साफ यू–२० च्याम्पियनसिप : श्रीलंकालाई हराएपछि नेपाल बलियो स्थितिमा

काठमाडौँ — दुई पल्टको च्याम्पियन नेपालले साफ यू–२० च्याम्पिनयसिपमा आइतबार विजयी सुरुआत लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले समूह ए को खेलमा श्रीलंकालाई १–० ले हरायो ।

यो जितपछि नेपालको सेमिफाइनल प्रवेश बलियो भएको छ । नेपालको तीन अंक भएको छ भने श्रीलंका शून्य अंकमा रह्यो । अब नेपालले बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।

नेपालका जितमा नीराजन धामीले २४ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । पूरा खेल अवधिमा श्रीलंकाले नेपालविरुद्ध बलियो आक्रमण बुन्न सकेन् । नेपालले भने दुई बलियो अवसर गुमाएको थियो ।

ती दुवै अवसर समीर तामाङले गुमाएका हुने । उनले पोस्टको नजिकबाट गरेको दुवै प्रहार बाहिरिएको थियो । यस्तै खेलको सुरुमै नीराजको प्रहारले पोस्टको दिशा लिए पनि त्यो अफ साइड रह्यो ।

उनैले खेलको अन्त्यतिर गरेको पोस्टमा लागेको थियो । सोमबार समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटान खेल्नेछन् ।

प्रकाशित : भाद्र २, २०८१ १७:०५
x
×