कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ मिटर कायम नगर्न माग

इलाम — मेची राजमार्गको दुवैतर्फ १५ मिटर खाली गर्न गरिएको निर्णय लागू नगर्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

उनीहरूले उक्त निर्णयको विरोधसमेत गरेका छन् । सूर्योदय ननगरपालिकाको एक टोली राजधानीसम्म पुगेर यो नियम लागू नगराउन सम्बन्धित निकायमा माग राखेर फर्केको छ । राजमार्ग क्षेत्रमा १५ मिटर खाली गराउँदा फिक्कल बजारसहितका विभिन्न क्षेत्रका सयौं घरका हजारौं नागरिक सुकुम्बासी बन्ने भन्दै टोलीले सरकार तथा प्रशासनिक निकायका उच्च अधिकारीहरूको ध्यानाकर्षण गराएको हो । यस्तो निर्णय कार्यान्वयन गर्ने भए पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग उनीहरूको छ । पहाडी क्षेत्रमा सडकका दुवैतर्फ १५ मिटर खाली गराउने निर्णय व्यावहारिक नभएको सडक सिमानापीडित संघर्ष समितिका दुर्गा बरालले बताए ।

प्रकाशित : पुस १५, २०७१ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?