कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित समुदायको नमुना विद्यालय

तुलाराम पाण्डे

बाझकोट -कालिकोट — विकट पलाता क्षेत्रमा पर्ने एउटा विद्यालय समुदायको सक्रियतामा नमुना बनेको छ । सधैंजसो अरूको काम गरेर गुजारा चलाउने दलित समुदायको श्रमदानले राम्नाकोट-४ स्थित नवकिरण निमावि
-बाझकोट) पलाता क्षेत्रकै उदाहरणीय भएको हो ।

विकट पलाता क्षेत्रमा पर्ने एउटा विद्यालय समुदायको सक्रियतामा नमुना बनेको छ । सधैंजसो अरूको काम गरेर गुजारा चलाउने दलित समुदायको श्रमदानले राम्नाकोट-४ स्थित नवकिरण निमावि
-बाझकोट) पलाता क्षेत्रकै उदाहरणीय भएको हो ।
सदरमुकाम मान्मबाट १८ कोस पश्चिम-उत्तर पर्ने दलित टोलस्थित नवकिरण निमाविको शैक्षिक तथा भौतिक वातावरण रहरलाग्दो बनेको जिल्ल्ाा शिक्षा अधिकारी अणप्रसाद न्यौपानेले बताए । सबै कक्षा कोठामा फ्लोरिङ र कार्पेटिङ गरिएको छ । शैक्षिक सामग्रीको अभाव हुन दिइएको छैन ।
'समुदायको सक्रियता, बालसुलभ वातावरण र भौतिक पूर्वाधारका दृष्टिले नमुना बनेको छ,' एक साताअघि स्थलगत अनुगमनका क्रममा पलाता पुगेका जिशिअ न्यौपानेले भने, 'शिक्षक विद्यार्थी उपस्थिति र सिकाइ उपलब्धि पनि राम्रो छ ।'
उनले जिल्ला शिक्षाले समुदायलाई हस्तान्तरण गरेको विद्यालयमा अभिभावकको संलग्नता उल्लेखनीय रहेको सुनाए ।
१८ वर्षअघि माना-पाथी उठाएर दलित समुदायले स्थापना गरेको विद्यालयप्रति सुरुका दिनमा समुदायको अपनत्व थिएन । ०६४ मंसिरमा जिल्ला शिक्षाबाट समुदायमा हस्तान्तरण गरेपछि प्रत्येक घरबाट एक सयदेखि ५ सय रुपैयाँसम्म चन्दा दिने र विद्यालय भवन जनश्रमदानबाट निर्माण गर्ने प्रतिबद्धतासमेत जनाए शिक्षा कार्यालयले प्रोत्साहन स्वरूप दिएको १ लाख र समुदायबाट उठाएको चन्दाले विद्यालयका लागि थप जग्गा खरिद गर्ने शाहीको योजना छ । उनका अनुसार, विश्व खाद्यको सहयोगमा कामका लागि खाद्यान्न कार्यक्रमबाट ६ कोठे भवन र जिल्ला शिक्षाले विद्यालय क्षेत्र सुधार कार्यक्रमबाट दुई कोठे भूकम्परहित भवन निर्माणमा सहयोग गरेको छ । यहाँ बालसुलभ शौचालय र पानीको धाराको पनि व्यवस्था छ ।
विद्यालयमा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब र स्थानीय बुद्धिजीवीको सक्रियतामा सामाजिक संवाद समिति पनि बनेको छ । संवाद समितिले गाउँघरका विवाद व्यवस्थापन, विद्यालयमा जाने रकम पारदर्शिताका लागि नियमित छलफल चलाउने गरेको अध्यक्ष देउमले तिरुवाले सुनाए ।
गाविसले वडा ४ को दलित बस्तीका लागि दिने कणर्ाली रोजगार र अन्य विकासका लागि आएको रकम पनि विद्यालयमै खर्चिइने गरेको व्यवस्थापन समिति अध्यक्ष हरे कुमालले बताए । सेवा क्षेत्रमा ७२ घरधुरी दलित छन् । उक्त विद्यालयमा १ सय ९० दलित र ५० गैरदलितका गरी २ सय ४० बालबालिका पढ्छन् । 'पठनपाठन राम्रो हुने भएकोले गैरदलित बालबालिका पनि दलित समुदायको विद्यालय जाने गरेका छन्,' दक्षिणा शाहीले भनिन् ।
कक्षा ७ सम्म पढाइ हुने विद्यालयमा ३-४ वर्षका नानीका लागि बाल विकास केन्द्र पनि छ । प्रावि दरबन्दी २, राहत १ पीसीएफ १ र निमावि तहमा ३ जना निजी स्रोतबाट शिक्षकशिक्षिका छन् ।
कक्षा ३ सम्म कक्षा शिक्षण र भुइँ-बसाइले बालबालिका विद्यालयप्रति आकषिर्त छन् । शैक्षिक सामग्रीको निर्माण र सजावट, दिवा खाजा, शुक्रबारीय कार्यक्रम, शिक्षक विद्यार्थी र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिताले विद्यालय पलाता क्षेत्रकै नमुना बनेको स्र्रोत व्यक्ति रामप्रसाद भुसाल बताए ।
सरकारी दरबन्दी न्यून भएकाले दलित समुदायको विद्यालयमा निजी स्र्रोतका शिक्षकलाई तलब खुवाउन समस्या रहेको अभिभावकको गुनासो छ ।

प्रकाशित : माघ १३, २०६८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?