कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

कांग्रेस सभापति देउवाको धनगढीस्थित घरअगाडि शंकास्पद वस्तु 

भाद्र ९, २०८१

धनगढी — कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरअगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोषनजिकै रहेको देउवाको घरअगाडि शनिबार मध्यराति झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराले बताएका छन् ।

जानकारी पाउनेबित्तिकै राति नै तेघरी ब्यारेकबाट सेनाको टोली घटनास्थलमा खटिएको र आइतबार बिहानै सेनानीको नेतृत्वमा रहेको बम डिस्पोजल टोलीले उक्त वस्तु निष्क पार्ने क्रममा रहेको प्रहरी प्रवक्ता बोहराले बताएका छन् ।

झोलाभित्र के थियो भन्ने अनुसन्धान भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । सभापति देउवाको घरमा उनका भतिजा एवं सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश देउबा बस्दै आएको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र ९, २०८१ ०७:३०
x
×