कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध 

भाद्र २७, २०८१
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध 

बझाङ — बझाङको जयपृथ्वी राजमार्गमा  पहिरो झर्दा सडक अवरुद्ध भएको छ । बिहीबार बिहान पाँच बजेदेखि तमैल बजारनजिकै जालेबगरमा  पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहीबार बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरू रोकिएका छन् । सडक खुलाउन एक्स्काभेटर आएको तर, पहिरो झर्न नरोकिँदा खुलाउन समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : भाद्र २७, २०८१ ०९:३३
×