कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

भाद्र २७, २०८१
अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

दार्चुला — महाकालीका नगरपालिका–७ धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा शिक्षकको माग गर्दै विद्यालयको मुख्य गेटमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । बिहीबार बिहानैदेखि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले अंग्रेजी विषयको शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका हुन् ।

५ महिनादेखि विद्यालयको माध्यमिक तह कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षक नहुँदा पढाइ प्रभावित भएको र शिक्षकको व्यवस्थापनको माग राख्दै विद्यालयमा बिहानैबाट तालाबन्दी भएको विद्यालयका प्रधानाध्यपक सुरेन्द्रसिंह बुढाथोकीले बताए । सुरुमा विद्यार्थीहरूले गेटमा तालाबन्दी गरेका थिए । अहिले त गेट अगाडि अभिभावक पनि आएका छन् ।

अहिले विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ । बुधबार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले महाकाली नगरपालिका घेराउका लागि आउने तयारी गरेको थियो । नगरपालिकालाई शिक्षक व्यवस्थापनको माग विद्यार्थी नगरपालिका घेराउ गर्ने जानकारी नगर प्रमुखले जानकारी पाएपछि बिहीबारदेखि वैकल्पिक रुपमा भएपनि अंग्रेजी शिक्षक व्यवस्था गर्ने नगर प्रमुखको आश्वासनपछि बुधबारको कार्यक्रम स्थगित गरेका थिए । बिहीबार बिहानको कक्षामा शिक्षक नआएपछि विद्यार्थीहरूले विद्यालयको मुख्य गेटमा तालाबन्दी गरेका छन् ।

विद्यालयको मुलगेटमा तालाबन्दी भएपछि अन्य कक्षामा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकहरू समेत भित्र पस्न सकेका छैनन् । यस्तै विद्यालयमा गठित बाल क्लवले पनि यथाशीघ्र शिक्षक पदपूर्ति गर्न आग्रह गर्दै पदपूर्ति हुन नसके थप आन्दोलनका कार्यक्रम अघि सार्ने बताएको छ ।

प्रकाशित : भाद्र २७, २०८१ १०:४९
×